हरिनासमा सिर्जनात्मक लेखन, महिमाका सिद्धान्त प्रथम

0
522
Google search engine


वालिङ, ३० वैशाख ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा जिल्लाका विभिन्न स्थानिय तहका विद्यार्थीहरुका बीचमा गरिएको सिर्जनात्मक लेखन प्रतियोगिता हरिनास गाउँपालिकामा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयले मंगलबार हरिनास गाउँपालिका भित्रका विद्यालयका विद्यार्थीहरु बीच उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा महिमा माविका छात्र सिद्धान्त सिग्देल प्रथम हुनुभएको छ । यस्तै भोजप्रकाश मावि कि छात्रा विनिशा राना द्धितिय र जनकल्याण माविका यशन पौडेल तृतीय हुनुभएको छ भने जनजागृति मा.वि कि विमला माया मानन्धरले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।

Google search engine

कार्यक्रममा बोल्नुहुँदै हरिनास गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले सामाजिक विकास कार्यालयले विद्यार्थीहरु बिचमा गरिएको यो प्रतियोगिताले विद्यार्थीमा उत्प्रेरणा थपेको बताउनुभयो । उहाँले यश प्रकारको कार्यले जिल्लामा विभिन्न विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई एउटा अवसर प्रदान गरेको र यसले विद्यार्थीमा पढ्ने तथा लेख्ने बानीको विकास हुने बताउनुभयो ।

सामाजिक विकास कार्यालय स्याङ्जाले बालबालिकाको मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमबाट बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सिर्जनात्मक लेखन कार्यशालाले भूमिका खेल्ने विश्वास राखि यस प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

विद्यालयले छनौट गरेका विद्यार्थीहरु बीच स्याङ्जाको ११ वटै स्थानीय तहमा प्रतिस्पर्धा हुनेछ र प्रत्येक पालिकाबाट छनौट भएका उत्कृट तीन भित्र पर्न सफल विद्यार्थीहरु बीच जिल्लास्तरीय प्रतिस्पर्धा हुनेछ । सबै स्थानीय तह र जिल्लामा हुने प्रतियोगिताको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा समाजिक विकास कार्यालय स्याङ्जाले गर्नेछ ।

Google search engine