भोटेकोशी बाढीका घाईतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

0
11
Google search engine

वालिङ, १७ भदौै ।

Google search engine

गत भदौ १० गते आएको भीषण बाढीमा परी घाईतेहरुलाई मध्यनजर गर्दै स्याङ्जामा रगत सङ्कलन गरिएको छ । जिल्ला रेडक्रस सोसाईटी स्याङ्जाको प्राविधिक सहयोग तथा नेपाल तरुण दल स्याङ्जाको आयोजनामा बुधबार भीरकोट बयरघारीमा रक्तदान शिविर सञ्चालन गरी एकसय ११ पिन्ट रगत सङ्कलन गरिएको हो ।

घाईतेहरुको संख्या धेरै रहेकाले रगतको अभाव हुन सक्ने भएकाले रगत अभाव हुन नदिनकालागि रक्तदान शिविरमार्फत स्वतःफूर्तरुपमा रगत सङ्कलन भएको नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लले बताउनुभयो ।

“देशमा संकट आएका बेला मानवीय सहयोगमा जुट्नुपर्छ भन्ने भावबाट अभिप्रेरित भएर यो समयमा रक्तदान शिविर उपयुक्त हुने ठान्यौं र शिविर सञ्चालन ग¥यौं” उहाँले भन्नुभयो, “शिविरमा रक्तदाताहरु स्वतःफूर्तरुपमा सहभागी हुनुभयो र राम्रो परिमाणमा रगत सङ्कलन गर्न पनि सफल भयौं ।”

यहाँ सङ्कलन भएको रगत नेपाल रेडक्रस सोसाईटीको स्याङ्जास्थित ‘ब्लड बैंक’ मा राखिने र आवश्यकताका आधारमा पठाउने व्यवस्था मिलाईने नेपाल रेडक्रस सोसाईटी स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले बताउनुभयो ।

अस्पतालहरुमा बिरामीको चाप भएकाले केहीमात्रामा भएपनि रगत उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले रक्तदान शिविर सञ्चालन गरी रगत सङ्कलन गरिएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

Google search engine