वालिङ महोत्सवको पृथकता ः मम्मी डान्स आइडल प्रतियोगिता

0
106
Google search engine

आरती कुँवर
वालिङ, ११ माघ ।
वालिङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको नवौँ महोत्सव यसपटक अलिकति पृथक तरिकाले प्रस्तुत गर्न खोजिएको छ । वाणिज्य संघले नवौँ महोत्सवमा मम्मी डान्स प्रतियोगितालाई विशेष रुपमा प्रस्तुत गर्न लागेको हो । बिहेअघि नृत्यमा रुचि राख्ने गरेका बिहेपश्चात घरपरिवार तथा आफ्ना सन्तानको जिम्मेवारीमा बाँधीएका महिलाहरुलाई अवसरको रुपमा महोत्सवमा स्थान दिन लागिएको साँस्कृतिक तथा विभिन्न प्रतियोगिताका संयोजक खगेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयो ।
विगतका महोत्सवहरुमा भएका प्रतियोगिता संगै अहिलेको महोत्सवलाई पृथक बनाउन मम्मी डान्स प्रतियोगिता राखिएको उहाँले बताउनुभयो । साँस्कृतिक संयोजक अर्यालका अनुसार यस प्रतियोगिताले आमाहरूलाई आफ्नो आत्मविश्वास बढाउन र फेरि एकपटक मञ्चमा उभिने अवसर प्रदान गर्नेछ । यो केवल एउटा नाच मात्र नभई, आमाहरूको खुसी र क्षमतालाई सम्मान गर्ने एउटा माध्यम हुने उहाँले बताउनुभयो ।
यही माघ १४ गते देखी २५ गते सम्म वालिङ, ८ खेलमैदानमा हुन लागेको महोत्सव अब शुरु हुन मात्रै ३ दिन बाँकी रहेको छ । महोत्सवको मिति नजिक आउदै गर्दा महोत्सवलाई भव्य रुपमा सम्पन्न आयोजक समिति तथा विभिन्न उपसमितिहरुले तयारीलाई तिव्र पारिरहेका छन् । महोत्सव स्थलमा स्टल निमार्ण, परम्परागत कुँडुले (घुमाउरो) घर निर्माण लगायतका कामहरु अन्तिम चरणमा पुगेका छन् भने मञ्च निर्माणका कामहरु पनि सुरु गरिएको छ ।

Google search engine


महोत्सवमाकृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी ३५० स्टल रहने छन् भने महोत्सवबाट एक करोड ६८ लाख आम्दानी हुने र एक करोड १४ लाख ५१ हजार खर्च भई करिव ५३ लाख ४९ हजार वचत गर्ने लक्ष्य आयोजकको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

Google search engine