राष्ट्रिय पुस्तकालय दिवसमा बालसाहित्य पुस्तक वितरण

0
219
Google search engine

वालिङ, १६ भाद्र ।
सामाजिक विकास कार्यालय स्याङ्जाले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बालबालिकाहरुलाई बालसाहित्य पुस्तक वितरण गरेकोे छ । फेदीखोला गाउँपालिका स्थित शिवालय माध्यमिक विद्यालयमा विभिन्न विधाका ६० वटा बालसाहित्य पुस्तक वितरण गरेकोे हो ।
पुस्तकालयमा बालबालिकालाई अध्ययनको लागि आकर्षित गर्न र बालबालिकालाई सानैदेखि आफ्नो माटो र देशको सेवा गर्न यस्ता पुस्तकले थप टेवा पुग्ने हुँदा बालसाहित्य पुस्तक वितरण गरिएको कार्यालयका प्रमुख जीवन पौडेलले बताउनुभयो ।

Google search engine


विद्यालयमा रमाइ रमाइ पुस्तक पढ्ने बानीको विकास गरी सामाजिक सद्भाव, संस्कृति, मूल्य मान्यता, प्रकृति आत्मीयता, श्रम प्रति सम्मान भाव, आत्मविश्वास जस्ता अनेकौं क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन बालसाहित्य पुस्तकको महत्त्वपूर्ण भूमिका खेल्ने कार्यालयले बताएको छ ।
बालगीत, बालकथा, बालकविता, बालनाटक, बालउपन्यास, बालगजलसहित जीवन उपयोगी विभिन्न विधाका यस्ता पुस्तकले बालबालिकालाई भाषिक सीपको विकास, सिर्जनात्मक कार्यमा वृद्धि, ज्ञानविज्ञानका कुरासँग साक्षत्कार सङ्गै नैतिकता, सदाचारिता र अनुशासित बनाउन सहयोग पुग्ने कार्यालयको विश्वास रहेको छ । वि.स. २०६५ साल देखि हरेक वर्ष नेपालमा भाद्र १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाइदै आईएको छ ।

Google search engine