NRNA जापानको क्षेत्रीय सह–कोषाध्यक्ष पदमा मियाको उम्मेदवारी घोषणा

0
136
Google search engine

क्षेत्रीय सह–कोषाध्यक्ष पदमा मियाको उम्मेदवारी घोषणा

Google search engine

वालिङ, ३० असार ।
गैरआवासीय नेपाली संघ NRNA जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले सन् २०२३–२०२५ को कार्यकालमा गुन्मा क्षेत्रीय समितिको संयोजककोरूपमा सफल नेतृत्व गरिसक्नुभएका मियाले क्षेत्रीय सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
गुन्मा क्षेत्रीय समितिको संयोजक पदमा रहँदा मियाले गुन्मा क्षेत्रमा उल्लेखनीय सामाजिक कार्यहरू सञ्चालन गर्नुका साथै समुदायमा एकता, समन्वय र सहभागितालाई बलियो बनाउन महत्वपूर्ण योगदान दिनुभएको थियो । विशेषगरी, उहाँकै पहलमा सञ्चालन गरिएको सदस्यता विस्तार अभियान अत्यन्त सफल भएको थियो, जसअन्तर्गत सदस्य संख्या पाँच गुणाले वृद्धि भएको थियो ।
उम्मेदवारी घोषणा गर्दै मिया भन्नुहुन्छ, “NRNA जापानलाई अझ पारदर्शी, उत्तरदायी र क्षेत्रीय समिति अनुकूल बनाउनु मेरो उद्देश्य हो, सह–कोषाध्यक्षको भूमिका वित्तीय उत्तरदायित्वसँगै संस्थामा पारदर्शिता र विश्वास निर्माण गर्ने अवसर पनि हो ।”
गुन्मा क्षेत्रमा मियाको लोकप्रियता, इमान्दार छवि र व्यवस्थापन क्षमताले NRNA जापानको आगामी कार्यकालमा सकारात्मक ऊर्जा, पारदर्शिता र समावेशिता थपिने अपेक्षा गरिएको छ ।

Google search engine